|
नेपाली युनिकोड के हो ?
तपाईलाई थाहा छ ? अँग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा हो तर पनि संसारमा ७०% मानिस अँग्रेजी भाषा बोल्दैनन् ।
तिनिहरुले आफ्नो दैनिक कामकाजमा आफ्नै राष्ट्रिय भाषा प्रयोग गरिरहेका छन् र गर्न नै चाहन्छन् ।
उदाहरणको लागि जापानलाई लिऔं, प्राय: जापानिजहरु अँग्रेजी भाषा बोल्न र
बुझ्न सक्ने भए पनि दैनिक कामकाजको लागि आफ्नै जापानिज भाषा प्रयोग गर्न रुचाऊँछन् ।
कम्प्युटरमा प्रयोग हुने सफ्टवेयरहरु पनि जापानिज भाषाको नै प्रयोग गर्दछन् ।
कल्पना गरौं, त्यस्तै गरी नेपाली भाषामा नै दैनिक सजिलै काम गर्न सकिने त्यस्ता सफ्टवेयरहरु नेपालमा भइदिएको भए
हामीलाई कति सजिलो महशुश हुन्थ्यो होला ।
तपाईँलाई थाहा छ होला, प्राय: हामीले नेपाली भाषामा तयार पारेका डकुमेन्टहरु कम्प्युटरमा खोल्नु पर्यो भने तपाईँले
जुन नेपाली फन्टमा त्यो डकुमेन्टहरु तयार पार्नु भएको हो त्यही फन्ट त्यो कम्प्युटरमा इन्स्टल गरेको हुनु जरुरी हुन्छ
अन्यथा तपाईँले त्यो डकुमेन्टहरु पढ्नसक्नु हुनेछैन । यहि फन्टको समस्याले गर्दा इन्टरनेटको संसारमा नेपाली भाषामा
वेबसाइटहरुको विकास नै हुन सकिरहेको छैन । तर अब त्यो समस्याले समाधान पाईसकेको छ ।
यदि तपाईँ अहिले नेपाल भन्दा बाहिर (विदेशमा) हुनुहुन्छ भने पनि कुनै समस्या छैन, तपाईँ त्यहाँ पनि आफ्नो
राष्ट्रिय भाषामा साइट बनाएर आफ्नो राष्ट्रियता प्रस्तुत गर्न सक्नुहुन्छ । हामीलाई तपाईँको सूचना, जानकारी र तस्वीरहरु
ई-मेल मार्फत् पठाउनुहोस् हामी तपाईँको वेबसाइट नेपाली भाषामा युनिकोड प्रणालीमा तयार गरिदिने छौं ।
आउनुहोस्, वेब वे नेपाल प्रा लि तपाईँ र तपाईँको संघ-संस्था लाई हार्दिक स्वागत गर्दछ । जसरी तपाईँले अहिले यो पृष्ठ
(जुन नेपाली युनिकोड प्रणालीमा तयार पारिएको हो) देखिरहनु भएको छ, त्यसरी नै तपाईँको सम्पूर्ण वेबसाइट
संसारको जुनसुकै कुनाबाट पनि सबैले सजिलै नेपाली भाषामा नै पढ्न मिल्ने गरी नेपाली भाषाको युनिकोड प्रणालीमा
विकास गरिदिने प्रण गर्दछौं ।
|